कोरोबारीको कृषक अनुदान घोटाला काण्ड पुग्यो अख्तियारमा

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । ३० साउन । गौरीगञ्ज २ कोरोबारीको चर्चित कृषक अनुदान घोटाला काण्ड को उजुरी अख्तियारमा पुगेको छ ।
गौरीगञ्ज २ कोरोबारीका जनताहरुको ब्यापक बिरोध र दबाब वढेपछी गौरीगञ्ज गाउँपालिकाले साउन २८ गते सो घोटाला काण्डको छानबिन गर्न अख्तियार दुरुपयोग अनसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीमा निबेदन दिएको छ ।
गौरीगञ्ज गाउँपालिकाका शाखा अधिकृत बिरेन्द्र खड्काका अनुसार गाउँपालिकाले २८ गते इमेल मार्फत र २९ गते हुलाक मार्फत निबेदन पठाएको हो ।
उता गौरीगञ्ज २ कोरोबारीका स्थानीयहरुले समेत २९ गते बुधबार इटहरी स्थित अख्तियारको क्षेत्रिय कार्यालयमा सो घोटाला काण्डको छानबिन गरि सबै दोषिहरुलाइ कार्बाही गरि पाउँ भनि आफुहरुले निबेदन दर्ता गरेर आएको कुरा स्थानीय गोपाल डोटेलले हामीलाइ जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *