मदन राजबँशी
गौरीगञ्ज २ कोरोबारीका ३ वटा कृषक समुहले किर्ते कागज बनाइ कृषकको नाममा आएको अनुदान रकम भ्रष्टाचार गरेको घटना सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्र चन्द्रगढीले चैते धान उब्जाउने कृषकहरुलाइ लक्षित गरि गौरीगञ्जका चार वटा कृषक समुह हरुलाइ प्रति कृषक र प्रति १ बिघा जग्गा बराबर ६ हजार ६ सय ६६ रुपैया पर्ने गरि रु १९ लाख ७ हजार ३ सय रुपैया अनुदान दिएका थिए ।
२०७५ साल माघ २३ गते सुचना जारी गरि केन्द्रले अनुदान लिन कृषक समुहहरुलाइ आब्हान गरेका थिए ।
कार्यक्रम प्रस्ताब पेश गरे पछी गौरीगञ्ज वडा नँ २ का मानसावा कृषक समुह तुलाचन कृषक समुह कन्काइ बिपद ब्यबस्थापन कृषक समुह र वडा नँ ३ का ठेकिटोल कृषक सहकारी छनौटमा परेका थिए ।
किर्ते कागज बनाइ असार १५ गते भन्दा अगाबै रकम निकासा गरे पनि गौरीगञज २ का तिन वटा कृषक समुहहरुले लामो समय सम्म कुरा गुपचुप राखेका थिए । इक कान दुइ कान मैदान हुदै कुरा बाहिरिन थाले पछी केहि स्थानीय बासीहरुले साउन २३ गते वडा कार्यालयमा निबेदन दिएका थिए । यति बेला सम्म यि कृषक समुहहरुले ककस्का नाममा र कति रकम निकासा गरेका छन् भन्ने कसैलाइ थाहा नै थिएन । सँहि दिन गौरीगञ्ज दर्पणले कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम भट्टराइ सँग फोन सम्पर्क गरेर यस कार्यब्रमबारे जानकारी लियो ।
केन्द्रका प्रमुख भट्टराइका अनुसार मानसाबा कृषक समुहले १०४ जना कृषकका लागि रु ६ लाख ८४ हजार ३०० तुलाचन कृषक समुहले १२५ जना कृषकहरुका लागि ४ लाख ६७ हजार कन्काइ बिपद ब्यबस्थापन कृषक समुहले ६७ जना कृषकहरुका लागि ३ लाख ६७ हजार रुपैया र ठेकीटोल कृषी सहकारीले ३९ जना कृषकहरुका लागि ३ लाख ८९ हजार रुपैया निकासा गरेका छन् ।
साउन २३ गते वडामा भेला भएका स्थानीय बासीहरुले ककस्का नाममा रकम आएको छ भनि अन्यौलता देखाएपछी गौरीगञ्ज दर्पणले स्थानीय चन्द्र तामाङलाइ साथमा लीइ कृषि ज्ञान केन्द्र चन्द्रगढी पुगेर किर्ते भर्पाइ गरि रकम निकासा भएका कृषकहरुको नामावली सहितको भर्पाइहरुको प्रतिलिपि झिकायो अनि भयो यि कृषक समुहहरुका किर्ते धन्दाको पर्दाफास ।
गौरीगञ्ज दर्पणले भर्पाइको प्रतिलिपि झिकाए पछी पुन कोरोबारी पुगेर हस्ताक्षर रुजु गर्ने काम गर्यो । त्यहा पुग्दा कति पय मृतक ब्यक्तीहरुको नाम र हस्ताक्षर समेत भर्पाइमा रहेको पाइयो ।
मनमाया न्यौपाने क्याप्टेन राजवँशी अमर राजवँशी नेकानु राजवँशी को मृत्यु भइ सेको बर्षौ भइ सकेको स्थानीयहरुले बताएका छन् । तर भर्पाइमा ति मृतहहरुको समेत हस्ताक्षर गराइएको छ ।
त्यै गरि कोरोबारीबाट बसाइ सरेर गइसकेका शालिकराम भट्टराइ र बर्षौ अघि अमेरीका गइ सकेका रमा देबी भट्टराइको नाममा समेत भर्पाइ गरेको देखियो ।
यति हुदा सम्म त ठिकै थियो जस्को नाममा जग्गा जमिनै छैन त्यस्ता निमुखाहरुको नाम बेचेर समेत रकम कुम्ल्याएको देखियो ।
हामीले भर्पाइमा नाम भएका कृषकहरुको बास्तबिक हस्ताक्षर र भर्पाइमा भएको हस्ताक्षर समेत मिलाउने प्रयास गर्यौ र भर्पाइमा भएका हस्ताक्षरहरु प्राय किर्ते नै भेट्यौ । भर्पाइमा भएको बलराम राजवँशीको हस्ताक्षर र उहाँको बास्तबिक हस्ताक्षर सहदेब तामाङको भर्पाइमा भएको हस्ताक्षर र बास्तबिक हस्ताक्षर अनि सन्तोष राजवँशीको नाममा भर्पाइमा गरिएको किर्ते हस्ताक्षर र उहाको बास्तबिक हस्ताक्षर मेल नखाएको देखियो उहा हरुले भर्पाइमा भएको हस्ताक्षर आफ्नो नभएको र आफुहरुले रकम नपाएको समेत बताएका छन् ।
यि तिनवटै कृषक समुहले ब्यापक रुपमा किर्ते भर्पाइ बनाइ रकम निकासा गरेको तर कसैलाइ नबाडेको र स्थानीय स्तरमा जन आक्रोस बढ्न थाले पछी वडा कार्यालयले साउन २६ गते आइतबार छलफल गर्ने गरि सुचना जारि गर्यो । सुचना अनुसार गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ को रोहबरमा तिनवटै कृषक समुहका प्रतिनिधि पिडित किसानका प्रतिनिधि र जनप्रतिनिधिहरु लाइ राखेर वडा कार्यालयको हलमा छलफल चलायो ।
छलफलमा मानसावा कृषक समुहका अध्यक्ष किरण लिम्बु तुलाचन कृषक समुहका अध्यक्ष सुजन श्रेष्ठ र कन्काइ बिपद ब्यबस्थापन कृषक समुहका सचिब अरुण राजवँशी उपस्थित थिए । अरुण राजवँशी वडा नँ २ का जन निर्वाचित वडा सदस्य समेत हुन । यस समुहका अध्यक्ष नवलकिशोर ताजपुरियाको भने उपस्थिती थिएन ।
छलफलको शुरुमै कन्काइ कृषक समुहका सचिब अरुण राजवँशीले आफुले किर्ते काम गरेको स्विकारे तर भ्रष्टाचार गरेको स्विकारेनन् ।
यस अघि हामीले गए राती नै यस कृषक समुहका अध्यक्ष नबल किशोर ताजपुरिया सँग फोन सँपर्क गरेका थियौ । यो सुन्नुहोस । सचिब राजवँशीले भ्रष्टाचार गरेको नस्विकारे पछी स्थानीय श्याम न्यौपानेको आफ्नो मृतक हजुरआमाको धनिपुर्जा त्यो समुहमा कसरी पुग्यो जबको उहाको नामको जग्गा हाम्री नाममा नामसरी भएको बर्षौ बिति सक्यो भनेर प्रश्न गरे ।
मानसावा कृषक समुहका अध्यक्ष किरण लिम्बुले आफु यस बारे अनभिज्ञ रहेको र भुल बस यस्तो हुन गएको कुरा छलफलमा बताए
तर गए राती उहाले हामीसँगको फोन सम्पर्कमा यस योजनाको योजनाकार स्थानीय किना राजवँशी भएको कुरा बताएका थिए र किना राजवँशीले दुइ पटक गरि चारलाख रुपैया लगेको कुरा बताएका थिए ।
किना राजवँशी नेकपाका जिल्ला सदस्य हुन् । अध्यक्ष लिम्बुले रातारात आफ्नो बयान फेरे पछी हामीले छलफलमा गए राती उनी सँग भएको फोन रेकर्ड सुनायौ र छड्के गर्दा उनले कसैको दवाबमा बयान फेरेको स्विकारे
तुलाचन कृषक समुहका अध्यक्ष सुजन श्रेष्ठले पनि छलफलमा लगभग यस्तै टालटुले जवाफ दिए ।
तिन वटै कृषक समुहका प्रतिनिधिहरु र पिडित कृषकहरुको कुरा सुनि सके पछी गाउपालिका अध्यक्ष बाबुराजा क्षेष्ठले यस घ६नामा भ्रष्टाचार भएकै ठहर गरे । उनले स्थानीयहरुलाइ सँबोधन गर्दै यो काण्डको फायल अख्तसयार पुर्याउने समेत बचन बद्धता गरेका छन्
यस घटनामा जन निर्वाचित वडा सदस्य अरुण राजवँशी प्रत्यक्ष रुपमा सँलग्न रहेको र वडाध्यक्ष अघनु राजवँशीले समेत योजनाको रकम फरफारक गर्न वडा बाट सिफारिस गरेकाले यस घटनामा वडा कार्यालय समेत दोषि रहेको स्थानीयहरुको भनाइ छ भने वडा सदस्य राजवँशीर वडाध्यक्ष अघनु राजवँशीलाइ समेत कार्वाही गरिनु पर्ने माग षरेका छन् ।

