
गौरीगञ्ज भदौ ६ । श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा झापाको गौरीगञ्जमा पहिलो पटक राधाकृष्ण रथ यात्रा निकाल्ने तयारी गरिएको छ । भदौ ७ गते शनिबार निकाल्ने भनिएको रथ यात्राको लागि रथ यात्रा समितीले रुट निर्धारण गरि सो रुटको सडकका खाल्डोहरु पुर्नुका साथै मर्मत र सडक माथिका तारहरु शुक्रबार ब्यबस्थित गरिएको छ ।
रथयात्रा समितीका सँयोजक मुकेश साहले गौरीगञ्ज दर्पणलाइ दिएको जानकारी अनुसार शनिबार दिउसो ठिक १ बजे खजुरगाछी स्थित राधाकृष्ण मन्दिरबाट रथ यात्रा शुरु हुनेछ । राधाकृष्ण मन्दिरबाट बिभिन्न झाँकी सहित निस्किने रथ यात्रा हुलाकी सडक हुदै गेउरिया पुल तर्ने बितिकै शहिद टोल हुदै बुधबारे बजार छिरेर रामप्रसाद रौनियारको घर दक्षिणको बाटो हुदै गौरीगञ्ज चोक निस्कनेछ । चोक बाट हुलाकी सडक हुदै पुन: खजुरगाछी फर्किनेछ र खजुरगाछी पुगेर राम मिष्टान भण्डार अगाडीको सडक हुदै दक्षिण गएर वडा नँ ६ को कार्यालय हुदै भारु चोक निस्केर पुन: राधा कृष्ण मन्दिर पुषेर रथ यात्रा समापन गरिनेछ ।
रथ यात्राको पहिलो बर्ष भएको र गौरीगञ्जका सडकहरु निर्माण प्रकृयामा रहेकाले यस बर्ष छोटो रुट बनाएको कुरा सँयोजक साहले बताए । सहभागितालाइ मध्यनजर गर्दै आगामी बर्ष रथ यात्राको रुट परिबर्तन गरि लम्ब्याउन सकिने कुरा समेत उनले बताए ।
राधाकृष्ण रथ यात्रा लाइ बिभिन्न सँस्था बिद्यालय र भजन मण्डली सहित १८ वटा झाँकी टोलीको सहभागिता रहने बताइएको छ । गौरीगञ्जको रथ यात्रालाइ शनिबार १ बजेदेखि गौरीगञ्ज दर्पणले प्रत्यक्ष प्रसारण गर्नेछ ।

