कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

पढ्न समय: 1 मिनेट

कोरोना भाइरस संक्रमणको जोखिमका कारण राष्ट्रिय परीक्षा बोर्डले  कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा मंगलबार दिउँसो बसेको बोर्डको बैठकले अर्को सूचना जारी नहुञ्जेलका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ,’ बोर्डले मंगलबार निकालेको सूचनामा भनिएको छ, ‘विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’ कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ।

- Advertisement -
Ad image

यसअघि सरकारले चैतमा हुने माध्यमिक शिक्षा परीक्षा एसईई, त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयले लिने पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो।

यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह सरकारले गरेको छ । सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *