३१ बैशाख झापा । गौरीगञ्जमा घर भइ बैदेशिक रोजगारी तथा अध्ययनका शिलशिलामा भारत लगायत अन्य देशमा रहेका नागरिक हरुको नाम सँकलन गर्न थालिएको छ । प्रदेश १ प्रहरीकार्यालय बिराटनगरबाट बैशाख २९ गते आएको निर्देशन अनुसार इलाका प्रहरी कार्यालयले नामावली सँकलन शुरु गरेको हो ।
कोरोना भाइरसको सँक्रमण बिश्व भरी भयाबह भइरहेको बेला बिदेश बस्ने हरुलाइ उद्दार गरि क्वारेन्टाइन मा राख्न पुर्ब तयारीको अनुमानका लागि नाम सँकलन गर्न निर्देशन आएको हुन सक्ने कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराइले जनाएका छन् ।
२९ गते बाट शुरु भएको नामावली सँकलन कार्यअहिले गौरीगञ्ज वडा नँ ६ मा जारी रहेको र अहिले सम्म २०० को हाराहारीमा नाम सँकलन भइसकेको कुरा प्रहरीले जनाएको छ । वडा नँ ६ पछी इलाका प्रहरी कार्यालयले वडा नँ ३ र ५ को बाट नामावली सँकलन गरिने कुरा बताइएको छ । बिदेश बस्नेहरुको रेकर्ड वडा कार्यालयमा दुरुस्त नरहेको हुन सक्ने भएकाले प्रहरीले टोल टोल गएर बिदेश बस्नेहरुको नामावली सँकलन गर्ने कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । वडा नँ १ मा प्रहरी चौकी कुञ्जिबारीले, वडा नँ २ मा प्रहरी चौकी कोरोवारीले र वडा नँ ४ मा सीमा प्रहरी चौकी भवानीपुरले नामावली सँकलन गर्ने तथा इलाका प्रहरी कार्यालय गौरीगञ्जको मातहतमा रहेका गौरादह नगरपालिकाका केहि वडा हरुको समेत इलाका प्रहरी कार्यालयले नाम सँकलन गर्ने कुरा कार्यालयले जनाएको छ । प्रदेश नँ १ भरी नै प्रहरीलाइ बिदेश बस्नेको नामावली सँकलन गर्ने निर्देशन भएको श्रोतले जनाएको छ ।
अध्ययन तथा रोजगारीका लागि बिदेशमा रहेका गौरीगञ्जबासीको नाम सँकलन गरिदै
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

