ॐजेठ १२ गौरीगञ्ज । साबिकको गौरीगञ्ज गाबिस वडा नँ ६ का पुर्व वडाध्यक्ष रुक्कन दासको निधन भएको छ । मृगेला र मधुमेह रोगबाट पिडित उनको उपचारका क्रममा बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको कुरा पारिवारिक श्रोतले जनाएको छ ।
उनि २०५२ सालको चुनावमा तत्कालिन गौरीगञ्ज गाविसको वडा नँ ६ मा वडाध्यक्ष पदका लागि निर्वाचित भएका थिए । तत्कालिन नेपाल सद्भावना पार्टीमा आस्था राख्ने उनि गौरीगञ्जमा खानेपानी आयोजना स्थापना का लागि महत्वपूर्ण योगदान दिएका थिए । उनि स्थापना कालदेखि नै लामो समय गौरीगञ्जको खानेपानी आयोजनाको पदाधिकारी का रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।