दसैँ टिकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

पढ्न समय: 1 मिनेट

यसपालीको दसैँको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दसैँको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो । 

- Advertisement -
Ad image

त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उनले जानकारी दिए । यस्तै, १३ सोमबार नेपाली सेनाको झण्डा फर्ने साइत बिहान १० बजेर २५ मिनेटमा रहेको छ । सेनाले पश्चिम फर्केर झण्डा फेर्दा राम्रो हुने उनको भनाइ छ । 

टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *