चैत ७ गौरीगञ्ज । लामो समय देखि अड्किएको गौरीगञ्ज गाउँपालिकाको कित्ता काट अब खुल्ने सँकेत देखिएको छ । स्थानीय सरकारहरुले भु उपयोग निति र एन बनाएर जग्गाको बर्गिकरण नगरे सम्म नापी बिभागले नक्सा मा जग्गा कित्ता काट नगर्ने भएपछी झण्डै एक बर्ष देखि जग्गाको खरिद बिक्री रोकिएको छ । जग्गाको कित्ता काट रोकिएको झण्डै एक बर्ष पछी गौरीगञ्ज गाउँपालिकाको कित्ता काट खुल्ने सँकेत देखिएको हो ।
गत पुस २८ गतेको गाउँ सभाबाट भु उपयोग सँबन्धी एन पारित भएको कुरा एक कार्यपालिका सदस्यले जनाएका छन् । गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले ६ वटै वडाहरुबाट तथ्याङ्क सँकलन भइ सकेको र एक दुइ दिन भित्रै सो तथ्याङ्क रुजु तथा सँसोधन गरि प्रकृया अघि वढाउने बताएकी छन् । उनले बुधबार नापी कार्यालयको प्रतिनिधि सँग छलफल गरिने समेत बताएकी छन् । आवश्यक प्रकृया पुरा भएपछी भु उपयोग कार्यबिधि कार्यन्वयनका लागि सँबन्धित निकायहरुमा सिफारिस गरि कित्ता काट खुलाइने बताएकी छन् ।
लामो समय देखि कित्ता काट बन्द भइ जग्गाको खरिद बिक्री रोकिएपछी आम नागरिकहरुलाइ ब्यवहार चलाउन कठिन भएको छ । गत मँसिर १५ गते गौरीगञ्ज गाउँपालिकाले नापी कार्यालयको प्रतिनिधि सहित आम नागरिक सँग यस बिषयमा अन्तरकृया गरेको थियो ।