पुस २३ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक फुड फेस्टिभल अर्थात खाना महोत्सब हुने भएको छ । यहि पुस २८ गते शनिबारका दिन गौरीगञ्ज वडा नँ ३ मा अबस्थित श्री गौरीगञ्ज माध्यमिक बिद्यालयको प्राँगनमा आदिबासी जनजाती फुड फेस्टिभलको आयोजना हुने भएको हो ।
आदिबासी जनजातीहरुको परम्परागत खाना तथा परिकारहरुको महत्व तथा स्वाद बुझाउने उद्देश्यले आदिबासी जनजाती फुड फेस्टिभल को आयोजना गर्न लागिएको कुरा नेपाल आदिबासी जनजाती महासँघ गौरीगञ्जले हिजो पत्रकार सम्मेलन मार्फत बताएका छन् ।
महोत्सबमा गौरीगञ्ज गाउँपालिका भित्र बसोबास भएका सबै आदिबासी जनजातीहरुको खाना तथा परिकारहरुको स्टल राखिने कुरा महाँसँघ गौरीगञ्जका अध्यक्ष गँगा राजवँशीले बताएका छन् । महोत्सबमा बिशेषगरि राजवँशी ताजपुरिया र गन्गाइहरुको भक्का पिट्ठ र घुम्नी मुह्री त्यसै गरि सन्थालहरुको खिचडी राइहरुको ढिडो गुन्द्रक नेवारहरुको यमरी बडा गुरुडहरुको सेलरोटी तामाङहरुको ढिडो फुल्डुङ लगायतका परम्परागत परिकारहरु को स्वाद चाख्न पाइने कुरा अध्यक्ष राजवँशीले जानकारी दिएका छन् ।
त्यसैगरि महोत्सबमा बिभिन्न जातजातीका साँस्कृतिक नृत्यहरु र स्थानिय कलाकारहरुको प्रस्तुती रहनुका साथै स्वास्थ्य शिबिर रक्तदान तथा बिभिन्न ब्यक्तित्वहरुलाइ सम्मान गरिने कार्यक्रम समेत राखिएको उनले बताएका छन् ।
महोत्सवको बिशेष आकर्षणका रुपमा बिभिन्न आदिबासी जनजातीहरुको जनजीवन र परम्परा झल्किने किसिमका सेल्फी स्टलहरु राखिने बताइएको छ । ति सेल्फी स्टलहरुमा बसेर फोटो तथा भिडियो खिच्न सकिने कुरा पत्रकार सम्मेलनमा बताइएको छ । कार्यक्रमको प्रायोजन गौरीगञ्ज गाउँपालिकाले गरेको छ