सहकारी सँस्थाहरुका लागि गौरिगञ्जमा कोपोमीस पुनरताजगि तथा बार्षिक प्रतिवेदन लेखन सँबन्धी तिन दिने तालिम सम्पन्न भएको छ । गत असार १२ गतेदेखि गौरीगञ्ज गाउँपालिकाको सभाहलमा शुरु भएको तालिम हिजो शनिबार सम्पन्न भएको हो ।
गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित तथा सेवा प्रदान गरिरहेका सहकारीहरुका सञ्चालक समिती तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि गौरीगञ्ज गाउँपालिकाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा कोशी प्रदेशका सहकारी रजिस्ट्रार हरि बहादुर खत्री कोपोमिस बिशेषज्ञ मनोज कार्की र जिल्ला सहकारी झापाका पुर्व कोषाध्यक्ष अर्जुन दँगालले सहभागिहरुलाइ प्रशिक्षित गरेका थिए । तालिममा गौरीगञ्ज क्षेत्र भित्र सँचालित गौरीगञ्ज गाउँपालिका मातहतका ११ सहकारी र प्रदेश मातहतका ३ सहकारी गरि १४ बटा सहकारीहरुको सञ्चालक सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तिन दिन सम्म सञ्चालित तालिमको समापन सत्रमा प्रशिक्षार्थीहरुका तर्फबाट बोल्दै साना किसान सहकारी खजुरगाछीकी अध्यक्ष डिककुमारी अधिकारीले तालिमबाट आफुहरुले बार्षिक प्रतिवेदन लगायत ब्यवस्थापनका कुराहरु सिकेको कुरा बताए । त्यस्तै सानाकीसान सहकारी महाभाराका अध्यक्ष देवेन्द्र राजँशीले खराब ऋणिहरुले गर्दा सहकारीको ब्यवस्थापनमा समस्या आइरहेको र सहकारी बचाउन खराव ऋणिहरुलाइ स्थानिय सरकारले कार्वाहिको दायरामा ल्याउनु पर्ने बताएका छन् । त्यस्तै तालिमलाइ समापन गर्दै गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले सहकारीहरुका समस्याहरुलाइ गौरीगञ्ज गाउँपालिकाले गहन रुपमा लिइरहेको र सहकीहरुका समस्याहरु समाधानका लागि स्थानिय सरकार सधै तत्पर रहेको बताएका थिए । समापन सत्रको सहजिकरण गाउँपालिकाका योजना अधिकृत नारायण प्रसाद चँदाराले गरेका थिए ।