बैशाख ७ गौरीगञ्ज । झापा लगायत देशभर दोश्रो चरणको कोरोना सँक्रमण फैलिदै गएपछी झापाको गौरीगञ्ज स्थित सबै सीमा नाकाहरु बाट मानिसको आवतजावत रोक्ने निर्णय गरिएको छ । मँगलबार बसेको गाउँपालिका स्तरिय सिसिएमसिको बैठक ले भारतसँग सीमाना जोडिएका गौरीगञ्जका सबै नाका हरु बन्द गर्न जिल्ला प्रसाशन कार्यालय झापालाई अनुरोध गर्ने निर्णय गरेको छ । सिसिएमसिका सँयोजक तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ को अध्यक्षता मा बसेको बैठकले कोरोना सँक्रमण बाट जोगाउन बिभिन्न सचेतना मुलक बिज्ञापन, तथा माईकिङ् गर्ने , सबै कार्यालय हरुमा स्वास्थ्य कासबै मापदण्ड हरु अनिबार्य पालना गर्न लगाउने , सबै बिद्यालय हरुमा स्वास्थ्य कासबै मापदण्ड हरु अनिबार्य पुरा गर्न लगाउने लगायतका निर्णय हरु गरिएको छ ।
त्यसैगरी हाट बजारहरु बाट हुन सक्ने जोखिमलाई मध्यनजर गरि हाट बजारहरुमा सामाजिक दुरि कायम गर्न लगाई सबै ब्यवशाय, पसलहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्न लगाउने तथा होटल रेष्टुरेन्ट लगायतका सबै ब्यवशाय हरु राति ८ बजे सम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरिएकोछ । यसका साथै बैठकले सीमा क्षेत्रमा बिभिन्न अस्थायी सुरक्षा पोष्ट हरुको ब्यवस्थापन समेत गर्ने निर्णय गरेको छ ।
यस अघि प्रदेश नँ १ सरकारले प्रदेश भित्र का पशुपति नगर, काकडभिट्टा, भद्रपुर, जोगवनी र भण्टाबारी नाका बाट मात्र आवतजावत गर्न दिने परिपत्र सबै पालिका हरु मा जारी गरिसकेको छ ।

निर्णयहरु
निर्णयहरु