नेपाल सम्बत ११४४ को उपलक्ष्यमा गौरीगञ्जका नेवार समुदायहरुले न्हुदया भिन्तुना शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । नेबार समुदायहरुको जातिय सँगठन नेवा द्य देबुको आयोजनामा भएको कार्यक्रममा बक्ताहरुले शुभकामना आदान प्रदान गर्दै नेवार सँस्कृती र परम्पराहरुको चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै नेवार सँस्कृती अभियन्ता याम कुमार श्रेष्ठले नेपाल सम्बतको शुरुवात र महत्वको चर्चा गरेका थिए । त्यसैगरि अर्का बक्ता तथा गौरादह नेवा सँस्कार बुद्धिजिबि सँयोजक रेवतलाल श्रेष्ठले नेवार सँस्कृती र सँस्कारमा अयला अर्थात रक्सी र अण्डाको महत्व साथै अन्य सँस्कारहरुको चर्चा गरेका थिए ।


कार्यक्रममा गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलबती राजवँशी वडाध्यक्ष श्रवण गिरी वडा सदस्य गँगा राजवँशी र राजवँशी समाज बिकास समिती गौरीगञ्जका अध्यक्ष गोपाल राजवँशी लगायतले शुभकामना मन्तब्य राखेका थिए । त्यसे गरि कार्यक्रममा सलिना श्रेष्ठले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए भने कार्यक्रम समापन गर्दै नेवा द्य देवु गौरीगञ्जका अध्यक्ष दुर्लभमान श्रेष्ठले कार्यक्रममा सफल बनाउन उपस्थित हुने सबैलाइ धन्यवाद दिएका थिए ।
कार्यक्रमको सहजिकरण प्रवेश श्रेष्ठले गरेका थिए । त्यसैगरि कार्यक्रममा गायक प्रमोद राजवँशीले आफ्नो प्रस्तुति दीएका थिए भने अन्य स्थानिय कलाकारहरुले नेवारी सँस्कृती झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए ।