९ बैशाख, झापा ।‌ गौरीगञ्जको सिमावर्ति क्षेत्रबाट गए राति चौपाया चोरी भएको छ । गौरीगञ्ज ४ कदमगाछीका स्थानिय मिठन राजवँशीको गोठबाट ३ वटा चौपाया चोरी भएको हो । गोठको पछाडीको बेरा फोडेर एक हल गोरु र एउटा बाछो चोरेर लगेको कुरा स्थानिय देब ताजपुरिया ले बताएकाछन् । चोरहरुले गोठ पछाडिको बारीबाट काँक्रा समेत चोरेर खाएको कुरा पारिवारका सदस्यले बताएका छन् । यस बारे अहिलेसम्म जानकारी नभएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले बताएकाछन् भने सीमा प्रहरी चौकी भवानीपुरमा उजुरी गर्न जाने तयारी गरेको परिवारिक श्रोत ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *