काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।
बोर्डले सार्बजनिक गरेको परीक्षा तालिका अनुसार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएकाछन् । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।
https://drive.google.com/file/d/1FAzRBjzuR-kH–ubVRe_b8MyEUo70sxG/view?usp=drivesdk

प्रतिक्रिया लेख्नुहोस्