गौरीगञ्ज २५ असोज । राष्ट्रिय योजना अन्तर्गत निर्माण प्रकृयामा रहेको हुलाकी राजमार्ग बिस्तार र छोटी भन्सार स्तरोन्नती प्रकृया बारे गौरीगञ्ज गाउँपालिकाले शनिबार एक दिने अन्तरकृया सम्पन्न गरेको छ ।
बिस्तार तथा निर्माण प्रकृयामा रहेको हुलाकी सडक बरपरको जग्गा खालि गराउन तथा छोटी भन्सारलाइ स्तरोन्नती गरि फत्तेपुरलाइ नाका का रुपमा बिकास गर्ने बिषयमा सुझाव सँकलन गर्न गाउँपालिकाले सो सर्व पक्षिय छलफल तथा अन्तरकृया राखिएको कुरा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
पुर्व जनप्रतिनिधिहरु राजनैतिक दलका अगुवा तथा स्थानीयहरुको उपस्थितीमा सम्पन्न भएको अन्तरकृयामा अधिकाँश बक्ताहरुले हुलाकी सडकको निर्माणमा देखिएको अन्यौलता बारे जिज्ञासा राखेका थिए भने सडक वरपर खालि गराउने सुचना जारी गर्नु भन्दा पहिले गाउँपालिकाले आफ्नो क्षेत्र भित्र अमिन बोलाइ हुलाकी सडकको मापदण्ड अनुसार खालि गराउनु पर्ने जग्गा छुट्याउनु पर्ने माग गरेका थिए ।
तत्कालिन गौरीगञ्ज गाबिसका पुर्व अध्यक्ष घनश्याम रिजालले हुलाकी सडकको माप दण्डमै अन्यौलता रहेको र हुलाकी सडक वरपर को जग्गा खालि गराउन गाउँपालिकाले स्पस्ट मापदण्ड लिएर मात्र सुचना जारि गर्नु पर्ने कुरा बताए । त्यसै गरि तत्कालिन महाभारा गाबिसका पुर्व अध्यक्ष बिजय कुमार अग्रवालले २०३२ साल तिर राजपत्रमा प्रकाशित सुचना अनुसार हुलाकी सडकको मापदण्ड ९० फिट रहेको र अहिले फेरी सडकको केन्द्रबाट कसैले १५— १५ फिट त कसैले २१— २१ फिट भनेकोले आम जनतामा अन्यौलता छाएको कुरा बताए । उनले छो६ भन्सार स्तरोन्नतीबारे बोल्दै भारतिय पक्षले पारी पट्टी कार्यालय नराखे सम्म फत्तेपुरमा नेपाल पक्षले भन्सार कार्यालय राख्नुको कुनै औचित्य नरहेको बताए । त्यसै गरि तत्कालिन गौरीगञ्ज गाउँपञ्चायतका पुर्व प्रधान पञ्च बिश्वराज रिजालले हचुवाको भरमा गौरीगञ्ज गाउँपालिकाले कुनै पनि सुचना जारि गर्न नहुने कुरा बताए ।
तत्कालिन गौरीगञ्ज गाबिसका पुर्व अध्यक्ष देवी प्रसादख राजवँशीले पनि सडक नाप जोख नगरिकन वरपरको घर भत्काउने वा खालि गराउने सुचना गाउँपालिकाले जारि गर्न नहुने कुरा बताए । उनले राम्रो कामका लागि निर्वाचित जनप्रतिनिधिहरुले खुट्टा कमाउन नहुने समेत बताए । तत्कालिन कोरोबारी गाबिसका पुर्व अध्यक्ष बिष्णु न्यौपानेले हुलाकी सडक गौरीगञ्जको बिकासको मुटु भएकाले यसको निर्माणमा सबैले सहयोग गर्नु पर्ने कुरा बताए ।
अन्तरकृयामा नेकपाका तर्फबाट कैलाश मास्के नेकाका तर्फबाट राजेन्द्र कार्की र राप्रपाका तर्फबाट गणेश पोख्रेललेसमेत आफ्नो बिचार राख्दै हुलाकी सडक निर्माणका लागि गाउँपालिकाका जननिर्वाचित प्रतिनिधिहरुले आँट गर्नु पर्ने र त्यसमा सबैको सहयोग रहने कुरा बताएका थिए । गौरीगञ्ज क्याम्पसका पुर्व प्रमुख केदारनाथ रिमालले हुलाकी सडकको बिकासले कुनै गरिव परिबारको उठिबास नहोस भनि सुझाब दिएका थिए ।
अन्तरकृयामा प्रमुख आतिथ्यता गरेका पुर्व साँसद तथा सँबिधानसभा सदस्य दीपक कार्कीले हुलाकी सडक गौरीगञ्ज लगायत तराइकै लाइफलाइन भएका हुनाले कुनैपनि बहानामा यसको निर्माण प्रकृया रोकिन नहुने कुरा बताए । फत्तेपुरमा भन्सार स्थापना हुनाले गौरीगञ्जको बिकासमा त्यसले अझ तह थप्ने कुरा बताए ।
अन्तरकृयामा अधिकाँश बक्ताहरुले मुआबजाको कुरा समेत उठाएका थिए ।
अन्तरकृया समापन गर्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले प्राबिधिक टोलि ल्याएर हुलाकी सडकको अहिलेको माप दण्ड अनुसार सडकको केन्द्रबाट १५— १५ मिटर नापेर छुट्याउने र सोहि अनुसार सडक खालि गर्न लगाउने गाउँपालिकाले तयारी गरेको कुरा बताए । उनले नक्सा अनुसार नै सडक छुट्याउने कुरा बताए ।
गौरीगञ्ज गाउँपालिकाले नै आयोजना गरेको अन्तरकृयामा गाउँपालिकाकै जनप्रतिनिधिहरु वडा नँ १‚ २ र ३ का वडाध्यक्ष लगायत अधिकाँश वडा सदस्यहरु उपस्थित नै थिएनन् ।
गापा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको अन्तरकृयामा पुर्व साँसद दिपक कार्की गापा उपाध्यक्ष दिपेन्द्र थापा गापाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतको उपस्थिती थियो भने शाखा अधिकृत बिरेन्द्र खड्काले कार्यक्रमको सहजिकरण गरेका थिए ।
हुलाकी सडक बिस्तार बारे गौरीगञ्ज गाउँपालिकाको अन्तरकृया
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

