गौरीगञ्ज २६ असोज । झापाको गौरीगञ्ज गाउँपालिकामा बिपद ब्यबस्थापनका लागि जलवायु सुचना केन्द्र (स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्र) स्थापना भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राणा मगरले रीवन काटेर आइतबार सो सुचना केन्द्रको बिधिवत उद्घाटन गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापाको पहलमा स्थापना भएको सुचना केन्द्रको ओपचारीक उद्घाटन कार्यक्रमको आयोजना गौरीगञ्ज गाउँपालिसकाले गरेका थिए ।



गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर राणा मगरले प्रमुख आतिथ्यता गरेका थिए । कार्यक्रममा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा प्रहरी उपरीक्षक रेशम कुमार थाम्सुहाङ नेपाल रेडक्रस सोसाइटी झापाका सभापती लोकराज ढकाल उप सभापती मित्रदेव काफ्ले मन्त्री चन्द्र प्र चुँडाल कोषाध्यक्ष हेम खड्गी प्रदेश नँ १ कोषाध्यक्ष ओम प्रकाश गौतम यप कोषाध्यक्ष प्रकाश खरेल रेडक्रस गौरीगञ्जका सभापती कैलाश मास्के गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतको उपस्थिती थियो ।

झापामा सदरमुकाम बाहिर पहिलो पटक गौरीगञ्जमा जलबायु सुचना केन्द्रको स्थापना भएको र यस पछी झापाका अन्य १४ वटा पालिकामा समेत जलबायु सुचना केन्द्रको स्थापना गरिने रेडक्रस सोसाइटीको योजना रहेको कुरा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
उद्घाटन पछी रेडक्रस झापाका सभापती लेकराज ढकालले गौरीगञ्ज गापाका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ प्रस्ताबित कार्य सञ्चालन बिधि निर्देशिका हस्तान्तरण गरेका थिए ।
अन्तराष्ट्रिय बिपद जोखिम न्युनिकरण लिबसको अबसर आइतबार सुचना केन्द्रको उद्घाटन गरिए पछी प्रजिअ राणा मगरको उपस्थितीमा शान्ति सुरक्षा बिषयमा अन्तरकृया समेत गरिएको थियो । कार्यक्रमको सहजिकरण गौरीगञ्ज गाउँपालिकाका शाखा अधिकृत बिरेन्द्र खड्काले गरेका थिए ।

