८ असार गौरीगञ्ज । सोमबार गौरीगञ्ज ६ खजुरगाछीको एक सडकमा हिलाम्मे भएपछी स्थानियले साँकेतिक रोपाइ गरेको समाचार र भिडियो गौरीगञ्ज दर्पणको अफिसियल पेजमा अपलोड भएपछी ठेकेदार कम्पनीका एक ब्यक्तीले गौरीगञ्ज दर्पण डटकमका सम्पादक मदन राजवँशीलाइ तथानाम गाली गरेका छन् । भिडियो सहितको समाचार अपलोड भएपछी उनले फोन गरेर अपशब्द प्रयोग गर्दै गाली गरेका छन् । उनले खाते पत्रकार जे मनलाग्यो त्यहि लेख्ने ? गौरीउञ्जको बारेमा के बुझेको छ ? भन्दै गाली गरेका छन् यद्यपि उनि इलामको रहेको आफै स्विकार गरेका छन् ।
उनि ठेकेदार कम्पनीको एम डि रहेको कुरा ठेकेदार कम्पनीकै एकले बताएकाछन् ।
शनिबारे बजार पस्ने मुख्य सडकको रुपमा रहेको सो सडक सहरी बिकास डिभिजन कार्यालय अन्तर्गत सफल कन्स्ट्रक्सनले ठेक्का पाएका हुन् । सो सडक गत कार्तिकमै स्थानियहरुले निर्माणका लागि स्वतस्फुर्त रुपमा खालि गरिदिएका थिए ।
समाचार र भिडियो सार्बजनिक भएपछी ठेकेदार कम्पनीका एक एङ्गल गुरुङ्ले लक डाउनभएको र हुलाकी सडकमै अबस्था हिलाम्मे भएकाले बर्षा अगाबै सो सडक बनाउन नसकिएको बताएका छन् ।
यद्यपि लकडाउन भएपनी बैशाख यता बिकास निर्माणका काममा सरकारले बाधा गरेको छैन । गौरिया पुल कटेपछी हुलाकी सडक र सो सँग जोडिएको सहरी बिकास कै मातहतको अस्पताल जाने सडक र शिबालय मन्दिर देखि शनिबारे हाट हुदै युनिभर्सल स्कुल जाने बाट पहिला बर्षा सँगै हिलाम्मे भएको छ । बैकल्पिक सडकको समेत ब्यबस्था नहुँदा खजुरगाछीकाआम नागरिकलाइ हिडडुल गर्न र आपतकालिन अवस्थामा एम्बुलेन्स लगायतको सवारी समेत लान मुस्किल भएको छ । बैकल्पिक व्यवस्थाका लागि स्थानिय सरकारलाइ गुहार्दा समेत सुनवाइ नभएपछी स्थानियहरुले साँकेतिक रुपमा धान रोपेका हुन्

सुन्नुहोस अडियो

