गौरीगञ्ज भित्र सञ्चालित बोर्डिङ्ग स्कुलका शिक्षकले तलब पाएनन्

पढ्न समय: 2 मिनेट
ज्ञापन पत्र बुझाउदै


९ असार गौरीगञ्ज । गौरीगञ्ज क्षेत्रमा सञ्चालित निजि तथा बोर्डिङ स्कुलहरुले शिक्षकहरुलाइ लामो समयदेखि तलब नदिएको पाइएको छ । लामो समयदेखि तलब नपाएका उनिहरुले चैत्र महिना सम्मको तलब पाउनु पर्ने माग राखि सोमबार गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष तथा शिक्षा शाखा सँयोजक दिपेन्द्र थापा लाइ ज्ञापन पत्र बुझाएका छन् ।
निजि बिद्यालयका शिक्षकहरुको छाता सँगठन ‘इस्टु’ मार्फत उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् ।


गौरीगञ्ज क्षेत्रमा सञ्चालित बोर्डिङ्ग स्कुलहरुले चैत्र ५ गते सम्म बार्षिक परीकमषा लिइ सक्नु पर्ने प्याब्सनको निर्देशन समेत उलँघन गर्दै ढिलो परीक्षा सञ्चालन गरेका थिए जसका कारण लकडाउन घोषणा पछी आधा बिषयको परीक्षा नै लिन पाएनन् ।
यहाँका निजि बोर्डिङ स्कुलहरुले ढिलो परीक्षा सञ्चालन गरेको र अभिभावकहरु सँग चैत्र मसान्त सम्मको शुल्क लिएको अभिभावकहरु बताउछन् । चैत्र महिना सम्मको शुल्क लिए पनि शिक्षकहरुलाइ तलब दिन आनाकानी गरिरहेको शिक्षकहरु बताउछन् । लकडाउनको बेला आफुहरु पुर्ण बेरोजगार भएको र पाउनुपर्ने तलब समेत नपाएकाले ब्यबहार थेग्न गाह्रो परेको कुरा ईस्टु गौरीगञ्जका अध्यक्ष दिपेन्द्र यादबले बताए । उनले पुस महिना देखि आफुले तलब नपाएको गुनासो गरे ‌ ।
ज्ञापन पत्र बुझाउन गाउँपालिका पुगेका निजि बिद्यालयका शिक्षकहरुका अनुसार गौरीगञ्जका अधिकाँश निजि तथा बोर्डिङ्ग स्कुलहरुले अभिभावकसँग चैत सम्मको शुल्क लिए पनि शिक्षकहरुलाइ पुस माघ देखि तलब नै दिएका‌छैनन् ।
‘हामिले लकडाउन अवधिको तलब मागेको होइन । काम गरेको महिनाको तलब मागेकाहौ । चैत ११ सम्म परीकमषा लिएको कपि काटेको तथा रिजल्ट तयार गर्न पुरै चैत भरी काम गर्यौ तर अहिले आएर तलब माग्दा स्कुल प्रसासनले आनाकानी गरिरहेका छन् – उनिहरुले दुखेसो पोखे ।
यस बारे बोर्डिङ्ग स्कुलहरुले छाता सँगठन प्याब्सन गौरीगञ्जका अध्यक्ष कमल राजबँशीलाइ जिज्ञासा राख्दा उनले शिक्षकहरुले चैत सम्म काम गरेकाले उनिहरुलाइ चैत सम्मको तलब दिलाउन प्याबसनले पहल गर्ने कुरा बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्