सँक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ३४ पुग्यो

पढ्न समय: 1 मिनेट

कोरोनाभाइरसका थप दुई सय ३२ जना संक्रमित थपिएका छन्।
शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार दुई सय ५९ थियो। यो संख्या बढेर शनिबार १५ हजार चार सय ९१ पुगेको हो।
आइसोलेसनमा ९ हजार ४२ जना छन्। अहिलेसम्म छ हजार चार सय १५ जना कोरोना निको भएर घर फर्किसकेको डाक्टर गौतमले जानकारी दिए। विगत २४ घण्टामा ७२ जना कोरोना निको भएका थिए।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्