स्यालडाँगीले जित्यो गौरीगञ्ज १ को भलिबल प्रतियोगिता

पढ्न समय: 1 मिनेट

झापा १४ माघ । गौरीगञ्ज गाउँपालिका वडा नँ १ ले आयोजना गरेको भलिबल प्रतियोगिता साबिकको महाभारा २ स्यालडाँगी टिमले जितेको छ । सोमबार कुञ्जिबारी स्थित पशुहाटको मैदानमा भएको फाइनल खेलमा साबिकको महाभारा ५ होकलबाडी र साबिकको महाभारा २ स्यालडाँगीको टिम बिच प्रतिस्पर्धा भएको थियो ।
वडा नँ १ को कार्यालयले आयोजना गरेको खेलको बिजेता टिमलाइ नगद रु ६ हजार र ट्रफी सहित पुरस्कृत गरिएको छ । स्यालडाँगी टिमका तर्फबाट सागर राइले पुरस्कार ग्रहण गरेका थिए भने वडाध्यक्ष कार्तिकलाल राजवँशीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *