गौरीगञ्ज २४ साउन । श्री कृष्ण जन्माष्टमीको अबसर पारेर यस बर्ष देखि झापाको गौरीगञ्ज मा पनि राधा कृष्ण रथ यात्रा गराउने भब्य तयारी थालिएको छ । रथ यात्राका लागि मुकेश साहको सँयोजकत्वमा १९ सदस्यीय समिती गठन गरिएको छ । समितीको उपाध्यक्षमा श्रवण राजवँशी सचिबमा अशोक स्वर्णकार सह सचिबमा बरुण सिजापती र उपाध्यक्षमा भावना बोहरालाइ चयन गरिएको कुरा सँयोजक साहले बताए ।
जन्माष्टमीको भोली पल्ट भदौ ७ गते गौरीगञ्ज ६ खजुरगाछी बजार स्थित राधाकृष्ण मन्दिर बाट निकाल्ने तयारी गरिएको रथ यात्रा खजुरगाछी र गौरीगञ्ज बजार परिक्रमा गरि पुन राधाकृष्ण मन्दिरमा पुगेर समापन गरिने कुरा समितीका सँयोजक मुकेश साहले जानकारी दिएका छन् ।
समिती बनेसँगै रथ बनाउन समेत शुरु गरिएको कुरा उपाध्यक्ष श्रवण राजवँशीले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्



