मतदाता परिचयपत्र हराएमा फागुन २० गतेभित्र निवेदन दिन सकिने

पढ्न समय: 1 मिनेट

मतदाता परिचयपत्र हराए वा नष्ट भएमा फागुन २० गतेभित्र निवेदन दिन निर्वाचन कार्यालय झापाले जिल्लाका सबै पालिकाहरुलाई परिपत्र गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले झापा जिल्लास्थित सबै नगरपालिका र गाउँपालिका कार्यालयहरुलाई पत्र पठाउँदै पूर्व निर्वाचन आयोगले वितरण गरेको मतदाता परिचयपत्र हराएको वा नष्ट भएको वा विभिन्न कारणले प्रयोग हुन नसक्ने अवस्थामा रहेका सरोकारवालाहरु स्वयम्ले आफ्नो वडा कार्यालयको सिफारिससहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० गतेभित्र निवेदन दिन पाउने जानकारी दिएका छन् ।

- Advertisement -
Ad image

उनले सो व्यहोराको सूचना टाँस गरिदिन सबै पालिका कार्यालयहरुलाई आग्रह गरेका छन् । निर्वाचन आयोगको फागुन ५ गतेको बैठकले सो निर्णय गरेको थियो ।

( प्रतिदिन बाट)

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्