भन्सार छलि ल्याएका ५० बोरा चिनि बरामद

पढ्न समय: 1 मिनेट

माघ ८, गौरीगञ्ज । प्रहरीले झापाको गौरीगञ्ज बाट भन्सार छलेर अबैध रुपमा भित्र्याएको ५० बोरा चिनि बरामद गरेको छ । बिहान करिब १० बजे तिर गौरीगंजबाट ट्याक्टरमा भुजाको बोराले छोपि गौरादह तर्फ लादै गरेको अबस्थामा ईलाका प्रहरी गौरीगञ्जबाट खटिएको प्रहरीको टोलिले सो चिनि बरामद गरेको कुरा इलाक प्रहरी गौरीगञ्जले जनाएको छ । करिब २ हजार ५ सय किलो को परिमाणमा रहेको ५० बोरा चिनि सहित २१ बोरा भुजा र अगाडी मे १ त ४५८७ तथा पछाडि ट्रलिको भागमा मे १ त ५२१९ नम्बर गरि दुइवटा नँबर अँकित भएको शँकास्पद ट्याक्टर नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाइएको कुरा इप्रका गौरीगञ्जका प्रहरी निरिक्षक राकेश रेग्मीले जनाएको छ ।

चालक र सह चालक

सो ट्राक्टर चालक जिल्ला झापा गौरादह नपा ३ बस्ने बर्ष २४ को गोपि किङ्कु र सोहि ठाउँ बस्ने सह चालक सुबित खत्रीलाई समेत नियन्त्रणमा लिईएको कुरा प्रहरीले जनाएको छ ।
बरामद चिनि र भुजा जम्मा ५ लाख सत्तरी हजार रुपैया बराबरको रहेको अनुमान गरिएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्