
गौरीगञ्ज २९ भदौ । बाल दिबसको अबसरमा गौरीगञ्ज गाउँपालिकाले गाउँपालिका भित्रका बिद्यालयहरु बिच अन्तर बिद्यालय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । गौरीगञ्ज माबिको मञ्चमा आयोजित प्रतियोगितामा गाउँपालिका भित्रमा सामुदायिक र सँस्थागत गरि करिब ४० बिद्यालयको सहभागिता रहेको थियो ।
प्राबि र माबि तहका बिद्यार्थीहरु खला रुपमा भाग लिन पाउने गायन प्रतियोगितामा ज्ञानकुञ्ज एकेडेमीका अँकित काफ्ले प्रथम ज्ञानोदयकी रमिला बोहरा द्वितिय र जनकल्याण प्राबिका मनोज टुडु तृतिय भएका छन् । त्यसै गरि माध्यमिक तहको एकल नृत्य प्रतियोगितामा छात्र तर्फ युनिभर्सल एकेडेमीका बबलु यादव प्रथम स्नोह्वाइटका भुपेश माझी द्वितिय र न्यु युनिभर्सलका रुपेश श्रेष्ठ तृतिय भएका छन् भने माध्यमिक तहकै एकल नृत्यमा छात्रा तर्फ ज्ञानोदयकी निशा गुरुङ प्रथम देबकोटाकी प्रनिशा दाहाल द्वितिय र मुनलाइटकी निरुता राजवँशी तृतिय भएकी छन् ।

प्रतियोगितामा गायन तर्फ राष्ट्रिय गायक बिशाल राइ र यशोदा शाक्यले निर्णायक भुमिका नसर्वाह गरेका थिए भने नृत्य तर्फ कोरियो ग्राफर रेवत मगर र सायरा वानु राइले निर्णायक भुमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा प्रथम द्वितिय र तृतियहुने हरुलाइ प्रमाण पत्र कप र तकमा सहित पुरस्कृत गरिएको थियो ।
शिक्षा समिती सँयोजक तथा गापा उपाध्यक्ष दिपेन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ तथा बिशिष्ट अतिथी प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्य लगायत वडाध्यक्षहरु कातिकलाल राजवँशी मखना महतो शिक्षा शाखा प्रमुख केशब भट्टराइ लगायत बिभिन्न बिद्यालयका प्रअ प्रिन्सिपल तथा शिक्षकहरु उपस्थित थिए ।

