
गौरीगञ्ज । २९ भदौ । गौरीगञ्ज गाउँपालिकाले आफ्नो क्षेत्र भित्र सँचालित ४ वटा सामुदायिक उच्च माबिमा अध्ययनरत ४० जना जेहेन्दार क्षात्राहरुलाइ साइकल बितरण गरेको छ ।
गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित ४ वटा सामुदायिक प्लस टुहरु गौरीगञ्ज माबि खजुरगाछी माबि गौरीगञ्ज क्याम्पस र बालकल्याण माबिका ४० जना जेहेन्दार छात्राहरुलाइ साइकल बितरण गरेको हो ।
आइतबार बाल दिबसको अबसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा प्रशासकीय अधिकृत राजकुमार शाक्य शिक्षा शाखा प्रमुख केशब भट्टराइ वडाध्यक्षहरु मखना महतो कार्तिकलाल राजवँशी लगायतले छात्राहरुलाइ साइकल बितरण गरेका हुन् । शिक्षा समितीको बिनियोजित बजेटबाट सो साइकल बितरण गरिएको कुरा शिक्षा समिती सँयोजक दिपेन्द्र थापाले बताए ।


प्रतिक्रिया लेख्नुहोस्

