बलबहादुरको नयाँ म्युजिक भिडियो आउदै

पढ्न समय: 1 मिनेट

- Advertisement -
Ad image

७ पुस गौरीगञ्ज । द भ्वाइस अफ नेपालबाट चर्चा बटुलेका झापाली गायक बलबहादुर राजवँशी नयाँ म्युजिक भिडियो लिएर आउने भएका छन् । गायक राजवँशीको स्वरमा रहेको गीत कि त माया गर्छु भन कि त गर्दिन भन को पोखरामा सुटिङ कार्य सकिएको र मिक्सिङ कार्य चलिरहेको कुरा गायक राजवँशीले गौरीगञ्ज दर्पणलाइ बताएका छन् । राजुबाबु श्रेष्ठको शब्दमा हरि लम्सालको सँगित रहेको उक्त गीत पोखरामा छायँकन भएको हो । गीतको म्युजिक भिडियोमा क्रिष्टल क्लज डान्स क्रु का कलाकारहरु सँग गायक राजवँशी पनि स्क्रीन प्लेमा देखिनेछन् । भिडियोको निर्लेशन सँदेश जँग राणाले गरेकाछन् भने एरेन्ज रिकेश गुरुङले गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *