गौरीगञ्ज दमक सडक अन्तर्गत थापा चोकमा दुर्घटना । एक गम्भिर घाइते

पढ्न समय: 1 मिनेट

७ पुस गौरीगञ्ज । झापाको दमक गौरीगञ्ज सडक अन्तर्गतको गौरादह नपा जुरोपानी स्थित थापाचोक नजिकै दमक तिर जादै गरेको बसले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक चिरञ्जिबि राउत गम्भिर घाइते भएका छन् । मे १ ख १२८८ नँबरको बसले मे ११ प ६१९६ नँबरको मोटरसाइकललाइ ठक्कर दिदा दुर्घटना भएको हो । घाइते राउत सशस्त्र प्रहरी बलका बरिष्ठ हबल्दार रहेको कुरा बुझिएको छ । घाइतेलाइ उपचारका लागि बिर्तामोड स्थित बि एन्ड सी अस्पतालः लगिएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *