
७ पुस गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका १ महाभारा स्थित सानाकिसान सहकारीले १६ औ साधारणसभा सम्पन्न गरेको छ । प्रदेशसभा साँसद झलक सिँह दर्लामीको प्रमुख आतिथ्यता र गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाको बिशेष आतिथ्यतामा भएको साधारण सभामा सँस्थाको तर्फबाट बार्षिक प्रतिबेदन सँस्थाका अध्यक्ष तिलक प्रसाद सिँह राजवँशीले प्रस्तुत गरेका थिए ।






साधारण सभाकै अबसर पारेर एसइइ परीक्षामा सर्बोत्कृष्ट अँक ल्याइ उतिर्ण हुने सेयर सदस्य परिबारका अमित राइ र सुमिना लिम्बुलाइ जनहि नगद रु २ हजार ५ सय र सम्मान पत्र सहित सम्मानित गरिएको थियो त्यसै गरि सँस्थाले बिभिन्न क्षेत्रमा उत्कृष्ट सँस्थाका सेयर सदस्यहरु खिरबती राजवँशी बुधारु राजवँशी चन्द्र प्रसाद ढकाल छेप्टा ताजपुरिया सिताबती राजवँशी गिसो राजवँशी कुवाबती राजवँशी तारा थेबे देबेल राजवँशी बेलकुमारी राजवँशी पुषबती ताजपुरिया टँक श्रेष्ठ र इन्द्र नारायण राजवँशीलाइ बिभिन्न पुरस्कार र सम्मानले सम्मानित गरेको छ ।

