
गौरीगञ्ज २७ फागुन । दक्षिण झापाको ग्रामिण क्षेत्रमा रहेर खोज पत्रकारितामा कृयाशिल सञ्चार गौरीगञ्ज दर्पणले होलीको अबसर पारेर मँगलबार देखि नयाँ युट्युब च्यानल “जी डी मनोरञ्जन”को प्रसारण शुभारम्भ गरेको छ । गौरीगञ्ज र आसपासका क्षेत्रहरुमा भइरहने साँस्कृतिक कार्यक्रमहरु तथा स्थानिय कलाकारहरुले निर्माण गर्ने कभर भिडियोहरुलाइ लक्षित गरि सो च्यानलको शुभारम्ध गरिएको हो । सोसियल मिरर मिडिया प्रालि द्वारा सञ्चालित गौरीगञ्ज दर्पणको सह प्रसारणको रुपमा सो च्यानलको शुभारम्भ गरिएको कुरा प्रालिका अध्यक्ष मदन राजवँशीले बताएका छन् । यस अघि सोसियल मिरर मिडिया प्रालिको गौरीगञ्ज दर्पण च्यानल बाटै समाचार मुलक कार्यक्रम र मनोरञ्जनात्मक सामग्री एकै साथ प्रसारण हुदै आएको थियो । अब देखि समाचार मुलक कार्यक्रम पुरानो च्यानल गौरीगञ्ज दर्पण बाट र मनोरञ्जनात्मक सामग्रीहरु जी डी मनोरञ्जन बाट प्रसारण हुने कुरा युनिटले जनाएको छ ।
शुभारम्भमा च्यानलले ओजस्वी सेढाइको कभर भिडियो मखमली चोली चाइदैनको रि सुट भिडियोलाइ राखेको छ ।
हेरनुहोस र च्यानल लाइ सब्सक्राइब गर्नुहोस –

