गौरीगञ्ज‚ ४ कार्तिक । तिजको बेला पतिदेब ३ र सिम्पल डिम्पल जस्ता चर्चित गीत गाएर चर्चा कमाएकी झापाली गायिका कबिता शिबाकोटीले तिहारको सँघारमै तारादेवीको कालजयी गीत फुलको थुँगा को कभर भर्सन लिएर आएकी छिन । टिकटक इन्टरटेन्मेन्ट नेपाल को युट्युब च्यानलबाट सोमबार सार्बजनिक गरिएको उक्त गितमा कबिता शिबाकोटीको सुरिलो स्वर सुन्न सकिन्छ भने स्क्रिन प्लेमा समेत गायिका शिबाकोटीलाइ नै देख्न सकिन्छ । गायिकाको सानो छदा मामाघर…. र टँक बुढाथोकी सँग जुगलबन्दी स्वर भरेको सिम्पल डिम्पल गीत निकै चर्चित छ ।
२० को दशकमा रिलिज भएको नेपाली चलचित्र मनको बाँध मा समाबेश गरिएको फुलको थुँगा बहेर गयो को अर्जिनल भर्सन तारादेवीले गाएकी हुन भने यसको सँगितकार नातीकाजी हुन । यो गीत राष्ट्रिय कबि माधव घिमिरेले लेखेका हुन् ।
हेर्नुहोस भिडियो
प्रतिक्रिया लेख्नुहोस्

