हुलाकी सडकको झापा मोरँग खण्ड क कस्ले ठेक्का पायो हेर्नुहोस

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज ४ कार्तिक । बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरँग खण्डको ठेक्का प्रकृया बल्ल पुरा भएको छ । कार्तिक २ गते हुलाकी राजमार्ग निर्देशनालयले सफल बोलपत्र दाताहरुको आर्थिक मुल्याँकन गरि ठेक्का पाउने ठेकेदार कम्पनीको नाम छनौट गरि सार्वजनिक गरेपछी हुलाकी राजमार्गको झापा मोरँग खण्ड निर्माण हुने पक्का पक्की भएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय इटहरी शाखाका इञ्जिनियर माधब पौडेलले गौरीगञ्ज दर्पणलाइ दिएको जानकारी अनुसार झापा मोरँग खण्डमा मोरँगको बिराटनगरदेखि झापाको राजगढ सम्मको सडक ठेक्काको आर्थिक मुल्याँकन प्रकृया पुरा भएको हो ।

- Advertisement -
Ad image


निर्देशनालयले कार्तिक २ गते राजधानि राष्ट्रिय दैनिकमा प्रकाशित गरेको सुचना अनुसार झापाको गौरीगञ्ज रतुवा सेक्सनमा १९ किमी देखि ३३+९०० किमी सम्मको खण्डको‚ र गौरीगञ्ज रतुवा सेक्सन कै ३३+९०० किमी देखि ४७+९८७ किमी सम्मको खण्ड गरि दुबै खण्ड निर्माण गर्ने ठेक्का पीएस गजुरमुखी मोतीदान जेभि बानेश्वरले पाएको छ ।
त्यसै गरि मोरँग खण्डको रतुवा डाइनिया रँगेली सेक्सन अन्तर्गत ० किमी देखि १६+५०० किमी सम्मको खण्ड कालोपत्रे गर्ने ठेक्का पनि पीएस गजुरमुखि मोतीदान जेभि बानेश्वरले नै पाएको छ । रँगेली कर्सिया कदमाहा बिराटनगर सेक्सनको १६+५०० देखि २४+१०० किमी सडक खण्ड कालोपत्रे गर्ने ठेक्का कालिका मैनाचुली बेदाँशी जेभि भरतपुरले पाएको छ भने सोहि सेक्सनको २४+१०० किमी देखि ३६+००० किमी सम्मको ठेक्का पीएस गजुरमुखि मोतीदान जेभि बानेश्वरले नै पाएको छ । त्यसै गरि मोरँग खण्डकै सोहि सेक्सनको ३६+००० किमी देखि ४२+००० किमी सडक खण्ड कालोपत्रे गर्ने ठेक्का श्रेष्ठ कन्सट्रक्सन कँपनी हेटौडाले हात पारेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *