गौरीगञ्ज ४ कार्तिक । गौरीगञ्ज क्षेत्रका पुराना ब्याबशायी चन्दर प्रसाद साहको निधन भएको छ । उनको निधन पछी उद्योग बाणिज्य सँघ गौरीगञ्जले शोक स्वरुप सोमबार आधा दिन गौरीगञ्जको बजार पसल बन्द गरेका छन् ।
उद्योग बाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतोका अनुसार साह चालिसको दसक देखि गौरीगञ्जको खजुरगाछी बजारमा किराना सामानको ब्यावशाय शुरु गरेका थिए । सोहि ब्याबशायमा उनि अहिले सम्म जमेका थिए ।
पारिवारीक श्रोतका अनुसार हृदय घातका कारण आइतबार बिहान बिराटनगरको नोबेल अस्पतालमा उनको निधन भएको हो । मृतक साहका दुइ छोरा र दुइ छोरी छन् । पछील्लो समय यिनी भावना स्टोर सञ्चालन गर्दै आएका थिए भने उनि उद्योग बाणिज्य सँघ गौरीगञ्जका पुर्व कार्यकारी सदस्य थिए ।
प्रतिक्रिया लेख्नुहोस्

