नगर स्तरिय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता सम्पन्न

पढ्न समय: 1 मिनेट

झापा, २५ पुष । गौरादह नगरपालिका नगर शिक्षा शाखाले आयोजना गरेको नगर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। नगर भित्रका विभिन्न विद्यालयमा खेलकुद केन्द्र निर्धारण गरेर छनौट चरण पार गरि उत्कृष्ट विद्यालयका विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराई उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई शुक्रबार(आज)पुरस्कार वितरण गरिएको थियो ।

- Advertisement -
Ad image

खेलकुदमा प्रा. वि.,नि.मा.वि र मा. वि तर्फ छुट्टाछुट्टै विभिन्न विधामा प्रतिस्पर्धा भएको थियो । प्रा.वि तर्फ छात्रछात्राहरुका बिच चक्लेट दौड,१०० मिटर दौड, १०० मिटर रिले दौड, हिसाब दौड र चित्रकलामा प्रतिस्पर्धा गराईएको थियो । नि.मा.वि तर्फ छात्रछात्राहरुका बिच १०० मिटर २०० मिटर दौड,लङजम्प, हाईजम्प र कबडी तथा मा.वि.तर्फ १०० मिटर,२०० मिटर र ४०० मिटर दौड,लङजम्प, हाईजम्प र भलिवल खेलमा प्रतिस्पर्धा गराईएको थियो।

खेलमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समापनको अवसरमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । जनता मा.वि गौरादहका प्रधानाध्यापक तथा खेलकुद संयोजक बुद्धिमान कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए।

गौरादह नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख टेक नाथ रेग्मी, स्कुलचौन मा.वि.का प्रधानाध्यापक बाबुराम भण्डारी, प्रगति मा.वि का प्रधानाध्यापक डिल्लीराम अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमको संचालन शिक्षक डण्डीराज घिमिरेले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *