रातो गुलाब लिएर आए टँक र कबिता

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज २५ पुस । झापालि गायक टँक बुढाथोकी र कबिता शिवाकोटीको नयाँ म्युजिक भिडियो रातो गुलाब शुक्रबार सार्वजनिक भएको छ । गायक टँक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा पौल शाह र बिना राउत सँगै गायक टँक बुढाथोकी र गायिका कबिता शिबाकोटी समेत स्क्रिनमा छमछमी नाचेको देख्न सकिन्छ ।
टँक बुढाथोकीको आफ्नै शब्द र सँगित मा रहेको गीतको म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् ।
यस अघि टँक बुढाथोकी र कबिता शिवाकोटीको युगल स्वरमा रहेको सिम्पल डिम्पल गीत युट्युबमा खुब रुचाइएको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *