झापाका ४ सहित देशभर ५ सय ९३ सँक्रमित थपिए

पढ्न समय: 1 मिनेट

१२ असार, गौरीगञ्ज । झापामा ४ सहित आज नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । दमकमा एक महिलासहित तीन र मेचीनगरमा एक पुरुषमा कोरोना पुष्टि भएको हो । दमकमा कोरोना संक्रमित हुनेहरुमा दमक ४ का १ जना, दमक ३ का १ जना र दमक १ का १ जना रहेका छन् । कुवेतबाट आएकी महिला र भारतबाट आएका पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै मेचीनगरमा भारतबाट आएर देवी प्रावि क्वारेन्टाइनमा बसेका मेचीनगर १ का १८ वर्षिय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ भने सँक्रमणका कारण ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्