गौरीगञ्ज । गौरीगञ्ज ६ तिनटोलिया स्थित गेउरिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । भारतको फुलबडिया रामचोक घर भइ गौरीगञ्ज ६ तिनटोलिया स्थित मामाघर बस्दै आएका ६ बर्षिय आकाश महतोको ज्यान गएको हो ।
केहि बेर अघि जिबितै तर चिन्ताजनक अबस्थामा उद्दार गरिएका बालकको उपचारका लागि दमक स्थित लाइफलाइन अस्पताल लैजादै गर्दा मृत्यु भएको कुरा अस्पताललाइ उद्रित गर्दै गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले जानकामरी दिएका छन् ।
साथीहरुसँग पौडि खेल्ने क्रममा डुबेको कुरा स्थानीयहरुले बताएका छन् ।
मृतक महतो भारत फुलबडिया रामचोकका बिष्णु महतोका छोरा र गौरीगञ्ज ६ तिनटोलियाका रामकुमार महतोका नाती भएको कुरा इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकको पास्ट मार्टम गर्ने तयारी भएरहेको कुरा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

