गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ ६ तिनटोलिया नजिकै गेउरिया खोलामा डुब्न लागेको अबस्थामा एक बालकको उद्दार गरिएको छ ।
भारत घर भइ गौरीगञ्ज ६ स्थित मामा घर आएका ६ बर्षिय बालक आकाश महतोको उद्दार गरिएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
बालको अबस्था चिन्ताजनक रहेको र उपचारका लागि दमक स्थित लाइफलाइन अस्पताल पठाइएको कुरा प्रहरीले जनाएको छ ।
बालक गौरीगञ्ज ६ का रामकुमार महतोका नाती भएको कुरा बुझिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

