
गौरीगञ्ज २९ फागुन । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ मातृशोक परेको छ । उनका आमा खेमकुमारी श्रेष्ठको आज बिहान उपचारका क्रममा काठमण्डौ स्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
उनको पार्थिब शरिरलाइ आज बेलुका झापा गौरीगञ्जको खजुरगाछी स्थित निबासमा ल्याइने र
शुक्रबार बिहान ८: ३० गौरीगञ्ज ६ खजुरगाछी स्थित गेउरिया घाटमा हिन्दु परम्परा अनुसार दाह सँस्कार गरिने कुरा पारिवारिक श्रोतले जनाएको छ । गौरीगञ्ज दर्पण डटकम परिवार दिवाँगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
प्रतिक्रिया लेख्नुहोस्

