गौरीगञ्ज‚ १८ भदौ । झापाको गौरीगञ्ज गाउँपालिकामा अनलाइन मार्फत कुनै पनि गुनासो वा समस्याको निबेदन दिन पाउने ब्यबस्था गरेको छ ।
कार्यालयका सुचना प्रबिधी अधिकृत सुमना थापाले बुधबार देखि सो ब्यबस्थाको शुरुवात गरिएको जानकारी दिएका छन् ।
गौरीगञ्ज गाउँपालिकाको अफिसियल फेसबुक एकाउन्टमा समेत सो सुचना प्रकाशित गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा क्षेष्ठले गौरीगञ्ज दर्पण सँग कुराकानी गर्दै जनतासँग प्रत्यक्ष रुपमा जोडिनका लागि सो ब्यबस्था गरिएको कुरा बताएका छन् । “जनताको गुनासो र समस्याहरु प्रत्यक्ष रुपमा आफुसम्म आइ पुग्यो भने त्यसको तुरन्त समाधान गर्न सकिन्छ”— उनि भन्छन् — “यसमा चुनौतीहरु पनि धेरै छन् हेरौ जनताका गुनासा र समस्याहरु कति सम्म सँबोधन गर्न सकिनछ ।”
अनलाइन निबेदन यो लिँकमा गएर दिन सकिने छ
https://gauriganjgatibidhi.com/register-enquiry/

