गौरीगञ्जमा फेरी १ जनामा देखियो कोरोना सँक्रमण

पढ्न समय: 1 मिनेट


६ असार , झापा गौरीगञ्ज गाउँपालिका द्वारा सञ्चालित खजुरगाछी माबि क्वारेन्टाइन मा रहेका १ जनामा फेरी सँक्रमण पुष्टी भएको छ । वडा नँ ५ चिल्हाराका ३१ वर्षिय पुरुषमा सँक्रमण देखिएको हो । जेठ १९ गते भारतको लुधोयानाबाट आएका १९ जनाको समुहका मध्ये ११ जनामा यस अघि सँक्रमण पुष्टी भइसकेको छ । उनि पनि सोहि समुहकै हुन् । यो सहित गौरीगञ्जमा सँक्रमितको सँख्या १७ पुगेकोछ भने ४ जना सँक्रमण मुक्त भइ सकेका छन् ।
उनलाइ उपचारका लागि मोरँग गोठगाउँ स्थित कोरोना अस्पताल पठाइएको छ । उता छिमेकी रतुवामाइ नगरपालिकामा पनि आज ८ जना सँक्रमित फेला परेका छन् ।
यो सहित आज नेपालमा ३३१ जना नयाँ सँक्रमित फेला परेका छन् ।‌ कुल सँक्रमितको सँख्या ८६०५ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्