गौरीगञ्ज । ८ साउन । पछिल्लो समय झापाको गौरीगञ्जमा समेत डेङ्गुको सँक्रमण देखा परेको छ । ८ङ्गुका कारण गौरीगञ्ज ६ खजुरगाछीका ४० बर्षय हरदेब राजवँशीको बुधबार मृत्यु भएको छ ।
बिराटनगर स्थित बिराट मेडिकल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको कुरा परिबारिक श्रोतलाई उद्रित गर्दै वडा सदस्य मुकेस साहले जनाएको छ ।
वडा नँ ६ का वडासदस्य मुकेश साहका अनुसार डेङ्गुको सँक्रमण देखा परेकाले स्थानीय सरकारका तर्फबाट डेङ्गु सँक्रमित लामखुट्टे नियन्त्रणका लागि कदम चालिने कुरा बताएका छन् भने उनले स्थानीयबासीलाइ घर वरिपरि भाडाकुडाहरुमा पानी जम्न नदिन र सचेत रहन समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

