गौरीगञ्ज । किन किन बोलको गीत गाएर चर्चा कमाएको गौरीगञ्जकी गायिका मीना तिवारीले असार १५ गतेको साइत पारेर असारे झरी बोलको आफ्नो अर्को गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । भवसागर क्रिएसन मार्फत बजारमा ल्याएको सँ लोक गीतमा उनलाइ गायक राजन कार्कीले साथ दिएका छन् भने गितमा सँगित सँकलन राजन कार्कीले नै गरेका छन् अम्बिका गुरुङको शब्दमा रहेको गीतको म्युजिक भिडियोमा भने मोडेल येशु थापा मगर र सलिना भुजेलले अभिनय गरेका छन् । किरात बिन्द्रको नृत्य निर्देशन रहेको भिडियोमा क्यामेरा र सँपादन समेत राजन कार्कीको नै रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

