गायक बलबहादुर स्टेज उक्लिदा नाच्यो बघाचौधरी बजार

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज‚ १० कार्तिक तिहारको उपलक्ष्यमा गौरीगञ्ज २ बघाचौधरी बजारमा बृहत आदिबासी साँस्कृतिक तथा हुकाहुकी कार्यक्रम सम्पन्न भएको छ । आइतबार आयोजित कार्यक्रममा कोच आदिबासी कलाकारहरु खुश्बु राजवँशी राम राजवँशी पिँकी राजवँशी रोमियो राजवँशी सञ्जु राजवँशी निकिता राजवँशी बलराम राजवँशी लगायतले गायक कलाकारहररुले स्टेजमा आफ्नो प्रस्तुती दिएका थिए ।

- Advertisement -
Ad image


हिमालयन टेलिभिजनमा प्रसारण भइरहेको रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन २ मा नक आउट राउण्डमा पुग्न सफल गायक बलबहादुर राजवँशी स्टेजमा उक्लिदा उपस्थित भएका दर्शकहरुको हुटिङ् थामि सक्नुको थिएन । उनले सुन्दशरी बोलको कोच आदिबासी भाषाको गीत मञ्चमा गाइ रहदा केहि दर्शकहरु स्टेजमै उक्लिएर नाचेका थिए भने दर्शक अडियन्स फ्लोरमा पनि थामि नसक्नुको भिड थियो । भिडकै बाबजुद पनि फ्लोरमा दर्शकहरु नाचीरहेका थिए । उनले मञ्चमा लगातार करिब आधा दर्जन कोच भाषि गीत र नेपाली गीतहरु सुनाए ।


प्रदेश सभा साँसद झलक सिँह दर्लामीको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको बिशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा नँ १ र २ का वडाध्यक्षहरु कार्तिकलाल राजवँशी र अघनु राजवँशी उपस्थित थिए । कोचभाषी गीतकार युवा दिलिप राजवँशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका कुसम राजवँशी साक्षि राजवँशी सपना राजवँशी लगायतका कलाकारहरुको समुहले कोच आदिबासीहरुको बिभिन्न सँस्कृती झल्किने मनमोहक नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *