नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति झापाको कार्य समितले आज देखि पूर्णता पाएको छ । आज कनकाइ नगरपालिका स्थित सुरुङ्गा पार्टी कार्यलयमा दिपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा संघले कार्य समिति समेत चयन गरेको हो ।
झापा जिल्ला सभापति राजेन्द्र उप्रेतीको सभापतित्व, निवर्तमान सभापति तथा नेपाली काँग्रेस दमक नगर सभापति रोशन विष्टको प्रमुख आतिथ्यता तथा नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य निरज अग्रवालको विशेष आतिथ्यता लगायत नेपाली काँग्रेसका भातृसंगठनका नेता कार्यकर्ताहरुको उपस्थितीमा भएको कार्यक्रबाट नेवि संघ झापाको उपसभापतिहरुमा भुपेन्द्र थेवे र भवानी काफ्ले, सहसचिवमा सुरज सुवेदी र मिलन चापागाई, वरिष्ठ जिल्ला सदस्यमा सहदेव भट्टराई, जिल्ला सदस्यहरुमा नवराज न्यौपाने, संजय राई, नविन खतिवडा त्यस्तै आमन्त्रित सदस्यहरुमा सुरज सिंह गड्तौला र विपुल बास्तोला चयन भएका छन् भने जिल्लाको प्रचार प्रसार तथा संचार विभागमा संघले गोकुल पौडेललाई चयन गरेको छ ।


नेवि संघका झापा जिल्ला प्रवक्ता सञ्जय निरौलाले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव नारायण नेपालले गरेका थिए ।

