गौरीगञ्ज‚ १० कार्तिक । तिहारको उपलक्ष्यमा गौरादह ६ शान्ति चोकमा बिबिध साँस्कृतिक तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । झापाका पुर्व साँसद तथा सँबिधान सभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाकी उपमेयर गीता भेटवाल वडा नँ ३ का वडाध्यक्ष गजेन्द्र घिमिरे लगायतको उपस्थिती रहेको थियो । शान्ति स्पोर्टीङ् क्लबको आयोजना मा भएको कार्यक्रममा बिभिन्न क्लव तथा समुह एवम स्थानीय कलाकारहरुले साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए भने समुहगत देउसी भैलो समेत खेलिएको थियो क्लबका अध्यक्ष देबराज बुढाथोकी को सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन खेमराज कडरिया ले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

