गाउँपालिका अध्यक्षको अभिब्यक्ती प्रति गौरीगञ्जका शिक्षकहरुको आपत्ती

पढ्न समय: 5 मिनेट

गौरीगञ्ज । केहि दिन अघि गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले एक स्थानीय सञ्चार माध्यममा दिएको अन्तर्वार्ताका क्रममा शिक्षकहरु प्रति लक्षित गर्दै दिएको अभिब्यक्ती प्रति गौरीगञ्जका शिक्षा सरोकारवाला सँघ सँस्था र शिक्षकहरुले घोर आपत्ती जनाएका छन् ।
केहि दिन अघि गापा अध्यक्ष श्रेष्ठले एक स्थानीय सञ्चार माध्यममा अन्तरवार्ता दिदै राम्रा काम गर्ने शिक्षकलाइ चोकमा ल्याएर पुरस्कृत र नराम्रो काम गर्ने शिक्षकलाइ चोकमै ल्याएर दण्डित गरिने कुरा बताएका थिए ।


शिक्षक पेशा प्रति नै मान मर्दन हुने गरि अध्यक्षको अभिब्यक्ती आए पछी सोमबार शिक्षक महाँसँघको अगुवाइमा बिद्यालयका प्रअ तथा महाँसँघका पदाधिकारीहरु बीच श्रोत केन्द्र गौरीगञ्जमा यहि बिषयको सेरोफेरोमा अन्तरकृया सम्पन्न भएको छ ।

- Advertisement -
Ad image


अन्तरकृयामा बोल्दै राम जानकी आधारभुत बिद्यालयका प्रअ टेकनारायण राजवँशीले गाउँपालिका अध्यक्षको तर्फबाट शिक्षकहरुको पेशा प्रति मानमर्दन हुने गरि आएको अभिब्यक्तीले आफुहरु मर्माहत भएको कुरा बताएका छन् । त्यसै गरि गौरीगञ्ज माबिका प्रअ गोबिन्द घिमिरेले गौरीगञ्जको सरकार प्रमुख बाट आएको अभिब्यक्ती अत्यन्तै दुख पुर्ण भएको बताए । गाउँपालिका अध्यक्षले बारम्बार शैक्षिक गुणस्तरको कुरा गर्ने तर सो बारे शिक्षा सरोकारवाला हरु सँग अहिले सम्म कुनै छलफल नै नचलाएको कुरा बताए ।
अध्यक्ष श्रेष्ठको अभिब्यक्ती प्रति आपत्ती जनाउदै जनकल्याण आबिका प्रअ भिम कार्कीले शिक्षाको गुणस्तर बढाउन कुन कुन ब्याबधान पुरा गर्नु पर्छ र कसरी जानु पर्छ भन्ने बारे गौरीगञ्ज गाउँपालिकाले अहिले सम्म कुनै चासो नै नलिएको बताए ।
त्यसै गरि आदर्श माबि कोरोबारीका प्रअ लक्ष्मण राजवँशीले पनि अभिब्यक्ती प्रति आपत्ती जनाउदै गुणस्तरिय शिक्षाका लागि स्थानीय सरकारले गर्नु पर्ने काम कर्तब्यहरु नगरेर शिक्षकहरुको पेशा प्रति बितृष्णा फैलाउने काम गरेको कुरा बताए ।
बालकल्याण माबि कु१जीबारीका प्रअ भिम कोइरालाले पनि गाउँपालिका अध्यक्षको भनाइ प्रति आपत्ती जनाउदै त्यस्तो अभिब्यक्तीले शिक्षकहरु आफ्नो काम कर्तब्य प्रति बिचलित हुन नहुने र जन प्रतिनिधिहरुले पनि आफ्नो काम कर्तब्य र अधिकार क्षेत्र के कति हो भनि अध्ययन गर्नु पर्ने कुरा बताए ।
खजुरगाछी माबिका प्रअ गहेन्द्र बिक्रम साहले गाउँपालिका अध्यक्षको अभिब्यक्तीले सम्पुर्ण शिक्षकहरुको मान मर्दन भएको बताउदै अध्यक्षको अभिब्यक्ती शिक्षाको गुणस्तर बढाउने आषयका साथ नै आएको हुन सक्ने तर अभिब्यक्तीमा प्रयोग भएका शब्दहरुले शिक्षकहरुको गुणस्तरिष शिक्षा प्रदान गर्ने मनोबललाइ निरुत्साहन गरेको कुरा बताए ।
जनता बाल बिकास आबिका प्रअ कुमार भण्डारीले अभिब्यक्ती प्रति आपत्ती जनाउदै स्थानीय सरकारका जनप्रतिनिधिहरुले आफ्नो अधिकार क्षेत्र के के हो भन्ने निर्क्यौल गर्न पहिला ऐन नियमहरु अध्ययन गर्नु पर्ने बताए ।
शिक्षक महासँघ गौरीगञ्जका सँस्थापक सचिब बुलेन्द्र राजवँशीले गापा अध्यक्षबाट आएको अभिब्यक्तीले शिक्षकको पेशा प्रति नै कुल्चिने काम भएको र गापा अध्यक्षले अब आफ्नो अभिब्यक्ती सच्याउनु पर्ने कुरा बताएका छन् ।

नेपाल शिक्षक सँघ गौरीगञ्जका अध्यक्ष गोपाल ताजपुरियाले अध्यक्ष श्रेष्ठको अभिब्यक्तीले सम्पुर्ण शिक्षकहरुको शिर निहुरिएको कुरा बताए उनले गौरीगञ्ज गाउँपालिकाले सर्बोच्च अदालतको निर्णय बिपरित एकलौटी ढँगबाट स्थानीय शिक्षा ऐन जारि गरेको बताउदै सो ऐनमा शिक्षकलाइ चोकमा ल्याएर पुरस्कृत र चोकमै ल्याएर दण्डीत गर्नु पर्ने प्राबधान कति दफा र कुन धारामा रहेको हो सो कुरा पनि प्रस्ट्याइ दिन अध्यक्षलाइ आग्रह गरे ।
प्याबसन गौरीगञ्जका अध्यक्ष कमल राजबैशीले गौरीगञ्जको स्थानीय सरकारले मनोमानी ढँगबाट काम गरिरहेको प्रति खेद ब्यक्त गरे ।
गौरीगञ्जका शिक्षा शाखा प्रमुख केशब भट्टराइले गापा प्रमुखको अभिब्यक्ती शिक्षाको गुणस्तर बढाउनकै लागि आएको तर शिक्षा सरोकारवालाहरु सँग गाउँङ्गपालिकाले अन्तरकृया गर्न चुकेको कुरा बताए । शिक्षाको गुणस्तर एकै चोटी न सुध्रीने तर बिस्तार लगानी गर्दै जादा केहि समय पछी सुधार हुदखै जाने कुरा बताए । यो बिषय आपसी छलफल बाटै निराकरण गर्न सकिने भएको हुदा शिक्षकहरुलाइ आन्तरिक छलफल बाटै समस्याको समाधानमा जानु पर्ने धारणा ब्यक्त गरे ।
शिक्षक महासँघ गौरीगञ्जका सचिब प्रकाश चन्द्र राजवँशीले गाउँपालिका अध्यक्ष श्रेग्ठ द्वारा अभिब्यक्त शिक्षकलाइ चोकमा पुरस्कृत र चोकमै दण्डित गरिनु पर्ने कुरा कुन शिक्षा ऐन र कुन शिक्षा नियमावलीमा उल्लेख भएको छ भनेर प्रश्न गरे ।
नेपाल शिक्षक महासँघ गौरीगञ्जका अध्यक्ष हरिलाल यादवले गौरीगञ्ज गाउँपालिकाले अहिले सम्म शिक्षाको गुणस्तर बढाउने वा सुधार्ने कुनै योजना र कार्यक्रम नल्याएको बताउदै शिक्षाको गुणस्तर बढाउने नाममा अध्यक्ष द्वारा आएको अभिब्यक्तीले सम्पुर्ण शिक्षकहरुको मनोबल गिरेको कुरा बताए ।
शिक्षक सरोकारवाला सँस्था र प्रअहरुको सो अन्तरकृया भेलाले गापा अध्यक्षको सो अभिब्यक्ती प्रति ध्यानाकर्षण पत्र तयार गरि गौरीगञ्ज गाउँपालिकामा बुझाउने नसर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *