गौरीगञ्ज । गौरीगञ्ज १ कुञ्जीबारी स्थित कुञ्जीबारी पश्चिम कमल नदि सम्मको सडक कालोपत्रे हुने भएको छ । गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा र वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले सँयुक्त रुपमा सो सडकको शिलान्यास गरे पछी उक्त सडक कालोपत्रे हुने पक्का भएको हो ।
१ सय ७९ मिटर लम्बाइ र ३० फिट भित्र २० फिट चौडाइ कालोपत्रे हुने भनिएको सो सडक रु ३५ लाखमा ठेक्का लागेको कुरा वडाध्यक्ष कार्तिकलाल राजवँशीले बताएका छन् । असार मसान्त सम्म सम्पन्न हुने गरि ठेक्का सम्झौता भएको सो सडक गौरीगञ्ज गाउँपालिकाको लगानीमा बन्न लागेको हो ।
वडाध्यक्ष कार्तिकलाल राजवँशीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बिभिन्न राजनृतिक दल प्रतिनिधि तथा स्थानीय बुद्धिजिबि ब्यापारी र शिक्षकहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

