कन्काई ले सडक बगाएपछि ९० परीवारको आवतजावत ठप्प

पढ्न समय: 2 मिनेट

भदौ २२, गौरीगञ्ज । लगातारको बर्षाका कारण कन्काई नदीको बाँध भत्केर बाटो बगाए पछी होकलबाडी का जनताहरुको सम्पर्क महाभारा कञ्जिबारीबाट बिच्छेद भएको छ । कन्काई नदी को भगालो पसेर चौरी – होकलबाडी सडकको कज्वे बगाएपछि गौरीगञ्ज १ साविक महाभाराको होक्कलबारीका करिब ९५ परिवारको आवतजावत बन्द भएको छ ।

लगातार बर्षा का कारण देबिगाडा देखि केहि पर भिम सुब्बाको घर देखि पुर्वमा कन्काई नदिको बाध करिब ५०० मिटर जति भत्किएको छ । बाँध भत्किएर कन्काईको भंगालो होक्कलबारी तर्फ पसेको हो । केहिदिन अघि नै सो स्थानमा कटान गर्न थाले पछी गत आइतबार झापा का प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको नेतृत्वमा जनताको तटबन्ध कार्यक्रम का प्रमुख, ईञ्जिनियर गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ वडाध्यक्ष कार्तिक लाल राजवंशी काँग्रेस नेता देउमान थेबे लगायतको टोलिले अनुगमन गरि बाँस तथा बोराबन्दी बालुवा राखेर बाँध मर्मत तथा कटान रोकथाम को प्रयास गरिएको थियो । तर रोकथामको प्रयासका बाबजुद सोमबार परेको पानीले नदिको भगालो बस्ति तर्फ पसेर सडक बगाएको कुरा स्थानिय हरुले बताएका छन् । भगालो बस्ति तर्फ पसेर भिम सुब्बा लगायत ४ परीवार बिस्थापित भएको कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताए । खोलाले चौरी- होकलबाडी सडकको कजवे भत्काएर आवतजावत ठप्प भएपछि त्यहा डुँगा चलाउने तयारी भइरहेको कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताएका छन् ।

- Advertisement -
Ad image

बस्ति तर्फ नदी पसेपछी आज पुन: प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, वडाध्यक्ष कार्तिक लाल राजवंशी तथा जनताको तटबन्ध कार्यक्रम का प्रतिनिधि लगायतले अनुगमन गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्