कन्काई नदीको पुल अलपत्र छाेड्ने पप्पु कन्स्ट्रक्सनको धरौटी जफत

पढ्न समय: 1 मिनेट

उमाकान्त खनाल

झापा– हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनी वीरगञ्जको पप्पु कन्स्ट्रक्सन टाट पल्टेपछि ठेक्का बापतको तीन करोड रुपैयाँ जफत गरिएको छ।

- Advertisement -
Ad image

पप्पु कन्स्ट्रक्सनले कन्काई नदीको पुल निर्माणका लागि ०६८ साल जेठ ३१ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार तत्कालिन पप्पु महादेवा जेभीले २०७२ साल जेठ ३० गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने थियो।

सम्झौता अनुसार काम सम्पन्न गरिसक्नुपर्ने मितिसम्ममा ४८ प्रतिशत मात्र काम भएको थियो।  हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरी सुनसरीका आयोजना प्रमुख बिजयकुमार महतोका अनुसार पप्पु कन्स्ट्रक्सनलाई पटक–पटक सम्पर्क गर्दासमेत कार्यालयको सम्पर्कमा कोही आएन।

तीन महिना अघि सार्वजनिक सूचना नै जारी गरेर उसँगको सम्झौता खारेज गरिएको छ। कारवाही स्वरुप निर्माण कम्पनीको धरौटी वापतको तीन करोड रुपैयाँ सरकारले जफत गरेको प्रमुख महतोले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *