कार्तिक २५ गौरीगञ्ज । इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा रहेका दुइ थुनुवाहरुमा जिरोमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका अनुप शर्माले बताएका छन् ।गौरीगञ्ज ३ तेलकानी घर भइ जबरजस्ति करणी अभियोगमा पक्राउ परेजा एक पुरुष र लागु औषध ओसारपसार कार्यमा पक्राउ परेका भारतिय नागरिकमा सँक्रमण पुष्टी भएको कुरा इलाका प्रहरी कार्यालयले जनाएको छ । उनिहरुको अबस्था सामान्य रहेको र उनिहरु लाइ तत्काल इलाका प्रहरी कार्यालय भित्रै आइसोलेसनमा राखिएको कुरा प्रहरी निरीक्षक राकेश रेग्मीले जनाएका छन् ।
त्यसै गरी गौरीगञ्ज वडा नँ ३ कि एक महिलामा समेत हिजो सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखाले जनाएको छ । नोबेल अस्पताल बिराटनगरमा उपचाररत सो सँक्रमितलाइ गौरीगञ्जको कोभिड अस्पतालमा सार्ने तयारी भइरहेको बुझिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

